Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>२३ औ राष्ट्रिय भुकम्प सुरक्षा दिवस परशुराम नगरपालिकामा सम्पन्न ।
डडेल्धुराताजासमाचार

२३ औ राष्ट्रिय भुकम्प सुरक्षा दिवस परशुराम नगरपालिकामा सम्पन्न ।

२३ औ राष्ट्रिय भुकम्प सुरक्षा दिवस परशुराम नगरपालिकामा सम्पन्न गरिएको छ । बहुप्रकोपिय बिपदमा भुकम्पिय सुरक्षा ,साँझा सहकर्यमा धन जनको रक्षा भन्ने नराका साथ जोगबुडा बजारमा र्याली परिक्रमा सहित सम्पन्न गरिएको हो । नगर उप प्रमुख कलावती देबि बोहराको अध्यक्षतामा कर्मचारी ,सुरक्षाकर्मी,बिद्यार्थी ,सन्चारकर्मीहरुको उपस्थिति रहेको थियो । नेपालमा बि. सं. १९९० माघ २ गते बिनासकारी भुकम्प गएको सम्झनामा यो दिवस मनाइदै आएको छ । नेपालमा बि स २०५५ सालबाट यो दिवस मनाइदै आएको हो । निर्माण गरिने सबै किसिमका संरचना भुकम्प प्रतिरोधी नहुदा भुकम्पले क्षति पुर्याउने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *