Home>>खेलकुद>>सुर्योदय युवाकलब घुम्टेगडाको आयोजनामा भएको नगर स्तरीय खुल्ला भलिबल प्रतियोगिता आज सम्पन्न ।
खेलकुदडडेल्धुरासमाचार

सुर्योदय युवाकलब घुम्टेगडाको आयोजनामा भएको नगर स्तरीय खुल्ला भलिबल प्रतियोगिता आज सम्पन्न ।


सुर्योदय युवाकलब घुम्टेगडाको आयोजनामा भएको नगर स्तरीय खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । आज वडा नं. ७ का वडा अध्यक्ष केशव बोहराको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा नगर भित्रका नौ वटा टिमहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको अन्तिम दिन आज आर्दस युवाकलव जोगबुडा र फ्युचर स्टार युवाकलव जोजला विच तृतिय स्थानका लागि भएको खेलमा फ्युचर स्टार युथ कलवले आर्दस युवा कलवलाई तिन सेटले हराए संगै फ्युचर स्टार युथ कलव जोजलाले तेश्रो स्थान हासिल गरेको हो । त्यस्तै न्यु राजेन्द्र निमाणृ सेवा र फ्राईन्ड भलिबल कलव कटाल विच प्रथम स्थानकालागि भएको खेलमा फ्राईन्ड भलिबल कलवले न्यु राजेन्द्र निमार्ण सेवलाई लगातार तिन सेटले हराउदै फ्राईन्ड भलिबल कलवले उपाधी जित्न सफल भएको सुर्योदय युवाकलव घुम्टेगडाका अध्यक्ष मिन बहादुर साउदले जानकार दिनुभयो । त्यस्तै प्रथम हुने टिमले नगत रु १० हजार सहित मेडल र प्रमाण प्रत्र, द्धितिय हुनेले नगद रु ५ हजार सहित मेड र प्रमाण पत्र र तृतिय हुने टिमले नगत रु २ हजार ५ सय सहित मेडल र प्रमाण प्रत्र वितरण गरिएको समेत अध्यक्ष साउदले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *