Home>>ताजा>>सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा ।
ताजासमाचारसमाजसुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा ।

राना थारू समुदायको होली पछिको महत्वपूर्ण पर्व खखडेहराका लागि सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता मोहनराज जोशीका अनुसार प्रदेश सरकारको निर्णयअनुसार खखडेहरा पर्वका लागि सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारू समुदायले खखडेहरा पर्व धुमधामसँग मनाउने गरेका छन् ।

यता परशुराम नगरपालिकाले पनि सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रकाशित प्रदेश राजपत्रमा सूचना प्रकाशित भए बमोजिम आज सोमबारका दिन खखडेहरा पर्व परेकाले उक्त दिन सार्वजनिक विदा रहेको व्यहोरा सामाजिक सञ्जाल मार्फत सूचना जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *