Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गर्दै नेकपा परशुराम नगर कमिटिद्धारा खुसियाली सभा सम्पन्न
डडेल्धुराराजनीतिसमाचारसुदूरपश्चिम

सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गर्दै नेकपा परशुराम नगर कमिटिद्धारा खुसियाली सभा सम्पन्न

प्रधानमन्त्री के पि शर्मा ओलीको सिफारिसमा गत माघ ५ गते गरिएको प्रतिनिधि सभा बिघटन पछि सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गर्दै नेकपा परशुराम नगर कमिटिले आज खुसियाली बनाएको छ । प्रतिनिधी सभा बिघटन असंबैधानीक भएको भन्दै सर्वोच्च अदालतले लामो वहस पछि उक्त निर्णय बदर गरि १३ दिन भित्र बैठक बोलाउन आदेश गरेको छ । उक्त खुसियालिमा ने क पा परशुराम नगर कमिटिको आयोजनामा आज परशुराम नगरपालिका ४ कटालबाट बाजागाजा सहित र्याली निकालिएको थियो । बाजागाजा सहित निकालिएको र्याली जोगबुढा बजार परिक्रमा गरि बसपार्कमा कोण सभामा परिणत गरिएको थियो । कार्यक्रममा बोल्दै ने.क.पा. परशुराम नगर कमिटिका अध्यक्ष शेर सिंह माल डाईमण्डले नेपालको संविधानको रक्षामा सर्बोच्च अदालतले गरेको निर्णय स्वागतयोग्य रहेको र न्याय नमरेको भन्दै खुसि व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *