Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>सरोकारवाला निकायका आ–आफ्नै नियम , शिक्षक बिद्यार्थी भौतारिदै ।
डडेल्धुराताजाराष्ट्रियसमाचार

सरोकारवाला निकायका आ–आफ्नै नियम , शिक्षक बिद्यार्थी भौतारिदै ।

रमेश धामी/

जिल्ला प्रशासन कार्यालय डडेल्धुराले भौतिक रुपमा बिद्यालय सञ्चालन नगर्न जिल्ला स्थित सबै स्थानिय तहहरुलाई अनुरोध गरेको छ । आज एक सूचना जारी गर्दै कोरोनाको जोखिम कायमै रहेकाले भौतिक रुपमा बिद्यालय सञ्चालन नगर्न अनुरोध गरेको हो । वैकल्पिक शिक्षण विधिको व्यवस्था गरी सिकाई निरन्तरता दिन र तत्काल भौतिक उपस्थितिमा सञ्चालन गरिएका बिद्यालय बन्द गर्न जिल्ला प्रशासन कार्यालय डडेल्धुराले भनेको छ ।
लामो समय कोरोना माहामारीका कारण भएको लकडाउनले शैक्षिक संस्थाहरु बन्द अवस्थामा छन् । उसो त २०७८ श्रावण ३२ गते जिल्ला प्रशासन कार्यालयले भाद्र १५ गते राती १२ बजे सम्म लागु हुने गरि जारी गरेको आदेशको बुदा नं.४ को (ख) मा पनि शैक्षिक संस्थाहरु भौतिक रुपमा पठन पाठन र सञ्चालन नगर्ने भन्दै आदेश जारी गरेको छ ।
यसपछि जिल्ला प्रशासन कार्यालय डडल्धुराको आदेशको अवज्ञा गर्दै ७ ओटा स्थानिय तह मध्येको परशुराम नगरपालिकाले २५ जना बिद्यार्थी सम्मको भौतिक उपस्थितिमा बिद्यालय सञ्चालन गर्न भन्दै भाद्र २ गते सूचना जारी गरेको छ । नितीगत रुपमा माध्यमिक तह सम्म शिक्षाको अधिकार स्थानिय तहलाई हुने व्यवस्था अनुसार आफुहरुले गरेको निर्णय कार्यान्वयन गर्नु पर्ने स्थानिय सरकारको भनाई छ । यसरी एक महिनाको अवधिमा धेरै प्रकारका निर्देशन आउनुलाई शिक्षा क्षेत्रका बौद्धिक व्यक्तिहरुले सरकारका अपरिपक्व निर्णय भनेका छन् । आफ्नो अधिकार प्रयोग गर्दा अरुलाई कति असर परेको छ भन्ने कुरालाई समेत आत्मसात नगर्दा बिद्यार्थी र शिक्षकहरु भने भौतारिएका छन् ।

यस अगाडि श्रावण २६ गते जिल्लाको आदेश बमोजिम भौतिक रुपमा बिद्यालय सञ्चालन नगर्न भन्दै सूचना जारी गरेको नगरपालिकाले भाद्र २ गते भौतिक रुपमा सञ्चालन गर्न अर्को सूचना जारी गरेको हो ।
यसरी लगातार रुपमा गरिने निर्देशनले भौतिक र वैकल्पिक दुबै माध्यमबाट शिक्षण क्रियाकलाप सञ्चालन गर्न नसकिने प्रधानाध्यापकहरुको भनाई छ । यस्तो किसिमको समस्याले बिद्यार्थीलाई दीर्घकालिन असर पर्ने भएको हुदा तत्काल कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्र (DCMC) को बैठक आह्वान गरि बिद्यालय पूर्ण सुचारु वा पूर्ण वैकल्पिक गर्ने सो बिषयमा निर्णय गरिनु आवस्यक देखिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *