Home>>ताजा>>सप्तरीको रुपनी गाउँपातिकामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु ।
ताजाराष्ट्रियसमाचार

सप्तरीको रुपनी गाउँपातिकामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु ।

सप्तरीको रुपनी गाउँपालिकामा ट्रकको ठक्करबाट आज बिहान एक जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रुपनी गाउँपालिका ६ वीरेन्द्र बजारमा भएको दुर्घटनामा सप्तरीको विष्णुपुर गाउँपालिका १ वासितपुरका ३५ वर्षीय रामकुमार खत्वे मण्डलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रवक्ता भुवनेश्वरप्रसाद साहले बताउनु भयो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मण्डलको स्थानीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहको सप्तरी प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *