Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>शिवरात्री मेला लाई लक्ष्यीत गर्दै परशुराम नगरपालिकाका अधिकांश शिवमन्दिरहरुमा सरसफाई ।
डडेल्धुराताजासमाचारसुदूरपश्चिम

शिवरात्री मेला लाई लक्ष्यीत गर्दै परशुराम नगरपालिकाका अधिकांश शिवमन्दिरहरुमा सरसफाई ।

शिवरात्री मेला लाई लक्ष्यीत गर्दै परशुराम नगरपालिकाका अधिकांश शिवमन्दिरहरुमा सरसफाई गरीएको छ । भोली फागुन २७ गते महाशिवरात्री पर्व परेकाले पुजाआजा तथा मेला हुने क्षेत्रहरुमा सरसफाई थालिएको हो । आज नगरपालिकाको सदरमुकाम जोगबुडा बजार स्थित शिव मन्दिरमा मेला लाग्ने भएपछि ईलाका प्रहरी कार्यालय जोगबुडाको अगुवाईमा मन्दिर सरसफाई गरीएको ईलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरिक्षक रमेश दत्त अवस्थीले जाकारी दिनुभयो । त्यस्तै वडा नं. ५ को परशुराम धाम वडा न. ६ को सिसमजला लयायतका मन्दिरहरुमा शिवरात्री लक्षित गरी सरसफाई गरिएको प्रहरी निरिक्षक अवस्थीले जानकारी दिनुभयो । उक्त सरसफाई कार्यक्रममा सुरक्षाकर्मी र स्थानीयहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *