Home>>खेलकुद>>शिर्ष तेक्वान्दो डोजाङको आयोजनामा दशैको पूर्व सन्ध्यामा ग्रेडिङ तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।
खेलकुदडडेल्धुराताजासमाचारसुदूरपश्चिम

शिर्ष तेक्वान्दो डोजाङको आयोजनामा दशैको पूर्व सन्ध्यामा ग्रेडिङ तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।

शिर्ष तेक्वान्दो डोजाङको आयोजनामा दशैको पूर्व सन्ध्यामा ग्रेडिङ तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाका संस्थापक रबिन्द्र कोलीको अध्यक्षतामा आज कटालमा भएको कार्यक्रममा बिभिन्न विधाका ४ जना खेलाडिलाई सम्मान गरिएको छ । पुरस्कार पाउनेमा बेस्ट पुम्सीमा हरिश थापा, बेष्ट बेसिमा लक्की दमाई,बेष्ट स्पाईरिङमा कबिता मगर, बेष्ट किकमा रबिन्द्र कामी रहेको छन् ।

परशुराम नगरपालिका शिक्षा यूवा तथा खेलकुद शाखाका मार्सल आर्ट मुख्य प्रशिक्षक राम बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यधmmममा ३५ जना खेलाडिको सहभागिता रहेको थियो । यस्तै विशिष्ट अतिथीमा आलिताल गाउपालिका खेलकुद मुख्य प्रशिक्षक राजेन्द्र मडै,अर्जुन साउद,प्रेम टमटा, राम बहादुर कोली रहनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *