Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>विभिन्न पार्टी परित्याग गरि नेकपा एमाले परशुराममा २६ जना प्रवेश ।
डडेल्धुराताजासमाचारसुदूरपश्चिम

विभिन्न पार्टी परित्याग गरि नेकपा एमाले परशुराममा २६ जना प्रवेश ।

नेकपा एमाले परशुराम नगरपालिका वडा नं. ९ कमिटिको आयोजनामा जेष्ठ नागरिक सम्मान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १४ जना जेष्ठ नागरिकलाई सम्मान नगरिएको वडा कमिटि अध्यक्ष गणेश बहादुर ठगुन्नाले बताउनु भयो । यस्तै विभिन्न पार्टी परित्याग गरि २६ जना कार्यकर्ताले पार्टी प्रवेश गरेका छन् ।

माओबादि केन्द्रबाट धौले लुहार, देब्वा धामी, गम्मो कामी,दल बहादुर ठगुन्ना,बिरेन्द्र बहादुर बोहरा, कञ्चन धामी, अम्मर धामी, खण्टे बोहरा, पानमती बोहरा , मानमती बोहरा ,रुपा बोहरा, रेवती भट्ट, भिम बहादुर बोहरा, सचिन दमाई, हेमन्त धामी, र दिनेश बोहरा गरि १६ जनाले प्रबेश गरेका छन् । यस्तै नेपाली कांग्रेस परित्याग गरि राम बोहरा,गमे कामी, राम बहादुर बोहरा, बल बाहदुर धामी, गामा धामी, खेमराज बोहरा, हरिपाल सिंह बोहरा, हरिराम धामी, नन्ते धामी गरि ९ जनाले एमाले प्रवेश गरेका छन् । जनमोर्चाबाट गत निर्वाचनमा वडा अध्यक्षका उम्मेद्धार समेत रहेका दल बहादुर धामीले एमाले प्रवेश गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथी रहनु भएका पूर्व मन्त्री पठान सिंह बोहराले सबै पार्टीबाट गरि २६ जना नेता कार्यकर्ताले एमालेमा प्रवेश गरेकाले एमाले प्रति जनताको आकर्षण बढ्दै गएको स्पष्ट पार्नु भयो । यस्तै कार्यक्रममा बोल्दै राष्टिय सभा सदस्य चक्र प्रसाद स्नेहीले बाढि पहिरोले जनता बिचल्लीमा परेको देख्दा देख्दै पनि स्थानिय सरकार मुखदर्शक बनेको चर्चा गर्दै तत्काल राहात र पुनः निमार्णको कार्य गर्न सुझाव दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *