१५ असार २०७७, सोमबार Monday, June 29, 2020
सुर्खेतमा विद्युत पावर हाउस भत्किँदा एक जनाको मृत्यु भएको छ। पश्चिम सुर्खेतको पञ्चपुरीस्थित खमारी खोला जलविद्युतको पावर हाउस भत्किँदा पञ्चपुरी नगरपालिका ६, भावरकी ४७ वर्षीया नन्दा पुलामीको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आइतबार रातिदेखि आएको वर्षाका कारण बिहान साढे २ बजे पहिरो गएको थियो। पहिरोमा परी बेपत्ता भएकी नन्दाको बिहान ८ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
यस्तै खमारी खोला जलविद्युत आयोजनाका अपरेटर डम्मर पुलामी घाइते भएका छन्। डम्मर र नन्दा श्रीमान् श्रीमती हुन्। उनीहरु पावर हाउस गृहमा बस्दै आएका थिए।
घाइते डम्मर पुलामीको अवस्था सामान्य रहेको र उनको बाबियाचौर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।