Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>वडा न. ८ द्धारा विपन्न दलित परिवारलाई बाख्रा वितरण ।
डडेल्धुराताजासमाचारसुदूरपश्चिम

वडा न. ८ द्धारा विपन्न दलित परिवारलाई बाख्रा वितरण ।

अर्जुन धमाी/
परशुराम नगरपालिकाको वडा न. ८ ले विपन्न दलित परिवारलाई बाख्रा वितरण गरेको छ । वडा भित्रका १५ जना दलित पविारलाई प्रति परिवार १–१ बाख्रा वितरण गरिएको हो । वडा अन्तर्गतका विपन्न दलित परिवारहरुको आर्थिक अवस्था उकास्नमा थप सहयोग होस् भन्नका निम्ती बाख्रा वितरण गरिएको वडा नं. ८ का वडा अध्यक्ष गोविन्द सिंह बोहराले जानकारी दिनुभयो ।

वडाको दलित लक्षीत वार्षिक कार्यक्रम अन्तर्गत १ लाख ५० हजारको लागतमा बाख्रा वितरण गरिएको हो । यस्तै वडा नं ८ भित्र रहेका १२ वटै कृर्षि समुहलाइृ मौसमी तथा वेमौसमी विउ विजनहरु वितरण गरिएको छ । जस अन्तर्गत लोका, काक्रा, खुर्सानी लगायतका विउविजनहरु वितरण गरिएको समेत ओडा अध्यक्ष गोविन्द सिंह बोहराले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *