Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>लामो समय सम्म पारिश्रमीक नपाउदा शिक्षक मर्कामा ।
डडेल्धुराताजासमाचारसुदूरपश्चिम

लामो समय सम्म पारिश्रमीक नपाउदा शिक्षक मर्कामा ।

डडेल्धुराको परशुराम नगरपालिकामा शिक्षण शिकाईको एकमुस्ट अनुदान रकम अन्तर्गतका शिक्षकहरुले लामो समय देखी आफ्नो पारिश्रमीक नपाउदा समस्यामा परेकाछन् । आफुहरुले २०७७ श्रावण महिना देखी अहिले चैत्र सम्मको पारिश्रमीक नपाएको श्री कैलपाल माध्यामिक विद्यालय बोडामा कार्यरत शिक्षक गणेश पाण्डेयले गुनासो व्यक्त गर्नुभयो । आफु २०७५ देखी शिक्षण सिकाईको एकमुस्ट अनुदान अन्तर्गत माध्यामिक तह अंग्रेजी विषय अध्यापन गराउदै आईरहेको र लामो समय देखी पारिश्रमीक पाउन नसक्दा घर परिवार धान्न समस्या भएको उहाले वताउनुभयो । यस्तै नगर भित्र शिक्षण सिकाईको एकमुस्ट अनुदान रकम अन्तर्गत माध्यामिक तहमा अंगे्रजी, गणित र विज्ञान विषय अध्यापन गराउने २२ वटा शिक्षकहरु रहेकाछन् । उनिहरुले ९ महिना बिती सक्दा समेत तलव पाउन सकेका छैनन् । तलब नगरपालिका आईसकेको तर नगरपालिकाको लेखा परिक्षण भईरहेकाले उक्त रकम विद्यालयको खातामा निकासा गर्न नसकिएको शिक्षा शाखा प्रतिनिधि केहर सिंह वडैलाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *