Home>>ताजा>>लामो समय बन्दको मारमा परेका व्यवसायी उपभोक्ता ठग्दै ।
ताजाराष्ट्रिय

लामो समय बन्दको मारमा परेका व्यवसायी उपभोक्ता ठग्दै ।

बजारमा अस्वाभाविक रुपमा मूल्यवृद्धि भएको गुनासो बढेपछि सरकारले अनुसन्धान थालेको छ । बजारमा खाने तेल र छड तथा सिमेन्टको मूल्य अस्वाभाविक रुपमा बढेको भन्दै उपभोक्ताले गुनासो गरेपछि अनुसन्धान थालेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक शिवराज सेढाईँले बताउनुभयो । उहाँका अनुसार सामान आयात गर्दाको सबै बिल र विवरण बुझाउन विभागले व्यवसायीलाई निर्देशन दिएको छ । सम्बन्धित व्यवसायीलाई विभागमा बोलाएर मूल्यवृद्धिबारे छलफल गरेको र सबै बिल तथा विवरण बुझाउन निर्देशन दिएको उहाँले जानकारी दिनुभयो । अनुसन्धानका क्रममा अप्राकृतिक ढंगले मूल्य बढाएको पाइए कारबाही गरिने पनि उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *