Home>>ताजा>>राष्ट्रिय जनगणनाको कार्यक्रम तत्कालका लागि स्थगित ।
ताजासमाचार

राष्ट्रिय जनगणनाको कार्यक्रम तत्कालका लागि स्थगित ।

राष्ट्रिय जनगणनाको कार्यक्रम तत्कालका लागि स्थगित भएको छ । आउँदो जेठ २५ देखि असार ८ गतेसम्म गर्ने तयारी भएको जनगणनाको कार्यक्रम कोरोना महामारीका कारण केही समयका लागि स्थगित भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिनुभयो । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले जनगणनाको काम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो । कोरोना महामारी कम भएपछि पुनः मिति तय हुने मन्त्री गुरुङले बताउनुभयो । १२ औं जनगणनाका लागि देशभर ४३ हजार गणक खटिएका छन् । अहिले गणक तथा सुपरीवेक्षक लागि आवश्यक तालिम तथा सूचीकरणको काम चलिरहेको थियो । नेपालमा हरेक १०÷१० वर्षमा जनगणना हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *