Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>यसरी खोलियो परशुराम नगरपालिकाका सरकारी कार्यालयमा लगाईएको तालाबन्दि ।
डडेल्धुराताजाराष्ट्रियसमाचारसुदूरपश्चिमस्वास्थ्य

यसरी खोलियो परशुराम नगरपालिकाका सरकारी कार्यालयमा लगाईएको तालाबन्दि ।

रमेश धामी /

अस्मिता हत्या न्यायिक संघर्ष समितिद्धारा परशुराम नगरपालिकाका सरकारी कार्यालयमा लगाईएको तालाबन्दि खोलिएको छ । आज प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे सहित प्रहरी नायव उपरीक्षक महेन्द्र नेपाल, परशुराम नगरपालिकाका नगर प्रमुख भिम बहादुर साउद र संघर्ष समितिका पदाधिकारी बीच भएको सहमति पछि तालाबन्दि खोलिएको छ । सहमति अनुसार विधि बिज्ञान प्रयोगशालामा परिक्षणको क्रममा रहेका सम्पुर्ण परिक्षणहरु सिघ्रातिसिघ्र परिक्षण गरि अनुसन्धान कार्यमा सहयोग गर्ने, सम्बन्धित निकायबाट पत्र प्राप्त भएको ७ दिन भित्र पिडित परिवारलाई जानकारी दिने तथा प्रत्येक महिना अनुसन्धानको बारेमा पिडित परिवारलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिने र लगाईएका तालाबन्दि खोल्ने सहमती भएको हो । अस्मिता धामीको हत्यारा सार्वजनिक गर्न माग गर्दै न्यायिक संघर्ष समितिले ईलाका प्रशासान कार्यालय जोगबुडा, परशुराम नगरपालिकाको कार्यालय तथा अन्य सरकारी कार्यालयमा तालाबन्दि गरेको थियो । अस्मिता धामीको हत्या भएको ३ महिना बितिसके पनि हाल सम्म प्रहरीले हत्याबारे सार्वजनिक रुपमा कुनै पनि जानकारी दिएको छैन् ।अस्मिता परशुराम नगरपालिका वडा नं. ८ को जमरानी आधारभुत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत कर्मचारी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *