Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>मा. मन्त्री पठान सिँह बोहरा ज्यूको अध्यक्षतामा प्रदेश पुर्वाधार विकास साँझेदारी कार्यक्रमको निर्देशक समितिको बैठक सम्पन्न ।
डडेल्धुराताजाराष्ट्रियसमाचारसुदूरपश्चिम

मा. मन्त्री पठान सिँह बोहरा ज्यूको अध्यक्षतामा प्रदेश पुर्वाधार विकास साँझेदारी कार्यक्रमको निर्देशक समितिको बैठक सम्पन्न ।

डडेल्धुरा: डडेल्धुरा जिल्लाको प्रदेश निर्वाचन क्षेत्र न. १ को प्रदेश पुर्वाधार विकास साँझेदारी कार्यक्रमको निर्देशक समितिको वैठक आज मिति २०७७  असोज ८ गते यस समितिका संयोजक तथा सुदूरपश्चिम प्रदेश भौतिक पुर्वाधार विकास मन्त्रि मा. पठान सिँह बोहरा ज्युको अध्यक्षतामा बसी विभिन्न विषय माथि छलफल तथा निर्णहरु गर्दै  सम्पन्न भएको छ।

चालु आ.ब मा पहिलो पटक परशुराम नगरपालिकामा बसेको बैठकमा गत आ.व. को प्रगति समिक्षा र आगामी आ.व को योजना छनौटको विषयमा विशेष छलफल गरिएको थियो। उक्त कार्यक्रममा प्रदेश सभा सदस्य मा. कुन्ती जोशी ज्यूले गत आ ब मा संचालित योजनाहरुको समिक्षा गहन ढङ्गले गर्नु पर्ने र सम्बद्ध सबै निकायहरु आफैमा अझ बढि जिम्मेवार हुनुपर्ने समेत बताउनु भयो। कतिपय पालिकाहरुमा आएको बजेट कार्यान्वयनमा ढिला सुस्ती, सामुदाय स्तरमा भएको विवाद र माथिल्लो निकायबाट ढिलो गरि अख्तियारी प्राप्त हुनु कार्यक्रम कार्यान्वयनको मुख्य चुनौती भएकाले आगामी दिनमा सबै तवरबाट सुधार तर्फ जानुपर्ने मा. जोशीले बताउनु भयो ।

जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेश राज भट्ट, जि. स. स. का उप-प्रमुख, परशुराम नगरपालिकाका नगर उप-प्रमुख, आलिताल गा.पा. उपाध्यक्ष, जिल्ला समन्वय अधिकारी, परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, मा. मन्त्री ज्यूको स्वकिय सचिवालयका सदस्यहरु लगायत अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको उक्त बैठक आगामी दिनमा स्थानीय तह र जिल्ला समन्वय समितिले जिम्मेवार र बढि सक्रिय भएर योजना कार्यान्वयन गर्नु पर्ने र यस्ता समन्वयात्मक बैठकहरु आगामी दिनमा बढि संख्यामा बस्नु पर्ने कुरामा जोड दिदै मा. मन्त्री ज्यूले कार्यविधिमा तोकीएको समयतालिका भित्र योजना संकलन आगामी बैठकमा प्रस्तुत गर्न सदस्य सचिव तथा जिल्ला समन्वय समिति अधिकारीलाई निर्देशन समेत दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *