Home>>ताजा>>माओबादि केन्द्र परशुराम ११ को टोलभेला कार्यक्रम आज सम्पन्न ।
ताजासुदूरपश्चिम

माओबादि केन्द्र परशुराम ११ को टोलभेला कार्यक्रम आज सम्पन्न ।

नेपाल कम्युनिस्ट पार्टि माओबादि केन्द्र परशुराम नगरपालिका वार्ड न ११ सलेताको टोलभेला कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रममा नेपाली काँग्रेस पार्टि परित्याग गरी देब दत्त भट्ट, टिकाराम सार्की, लछिराम सार्की तथा नेकपा एमाले पार्टि परित्यागगरि यज्ञराज भट्ट, जित ब सार्की, सेर ब सार्की, देब सिह धामी, धर्म सिह धामी, शंकर धामी, मान सिह धामी, हिक्मत ओखेडा लगायतका ११ जनाले नेकपा माओबादि केन्द्रमा प्रवेश गरेका छन् ।
नेकपा एमाले, नेपाली काँग्रेस र अन्य पार्टी परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रमा कार्यकर्ताहरुको प्रवेश गर्ने लहर बढेको माओबादि केन्द्रका परशुराम अध्यक्ष शेर सिंह माल डायमण्डले बताउनु भयो ।
शनिवार नेपाली काँग्रेस परशुराम नगरपालिका वडा.न ७ का नवनिर्वाचित वडा कमिटि उप–सभापती नन्दराज भट्ट सहित ४ जनाले माओवादी केन्द्र प्रबेश गरेको थियो । पार्टीको सिद्धान्त र विचारलाई अनुशरण गरि अगाडी बढ्ने प्रतीबद्धता सहित उनीहरुले माओवादी केन्द्रमा प्रवेश गरेको मालको भनाई छ । सर्वहारा वर्ग, गरिब, असहायहरु सबै अटाउने पार्टी भएकाले पनि आम कार्यकताहरुको पार्टीमा लहर बढिरहेको समेत माललको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *