Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>मलासमा पहिलो पटक बृहत खानेपानीको योजना निर्माण हुदै ।
डडेल्धुराताजासमाचार

मलासमा पहिलो पटक बृहत खानेपानीको योजना निर्माण हुदै ।

जोगबुडा, अर्जुन धामी,२२ कात्र्तिक,२०७७


डडेल्धुरा जिल्ला परशुराम नगरपालिकाको वडा नं.७ मा पर्ने अति बिकट क्षेत्र मलासमा खानेपानी पु¥याउने उद्देश्यले सुरु गरीएको मलास सोलार लिप्ट खानेपानी तथा सरसफाई योजनाको काम तिव्र गतिमा भइरहेको छ । नेपाल सरकार अन्र्तरगतको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना र परशुराम नगरपालिकाको साझेदारीमा उक्त कार्यक्रम सञ्चालन भएको हो । २०७६ चैत्र १८ गते भ्याट सहित १ करोड २० लाखमा २०७८ असाढ मसान्त भित्र काम सम्पन्न हुने गरी उपभोक्ता समितिले उक्त योजना निर्माण गरीरहेको छ । करिव डेढ किलोमिटर तल रहेको घट्टेखोलावाट मलास क्षेत्रमा पानी लगिने उक्त योजनामा अहिलेसम्म ४० प्रतिशत काम भइसकेको छ । प्रतक्षरुपमा करिव ७५ घरधुरीले सेवा लिनेगरी उक्त परियोजनाको निर्माण भईरहेको मलास सोलार लिप्ट खानेपानी योजना सञ्चालक समितिका अध्यक्ष जय बहादुर धामीले बताउनु भयो । नयाँ वर्ष भित्रै मलास क्षेत्र बड्डिमलास, पिपलकोट, द्धारकाटे तालिगडा र बस्न्यौटाका घरघरमा पानी पु¥याउने गरी काम भईरहेको पनि अध्यक्ष धामीले रेडियो रंगुनलाई जानकारी दिनुभयो ।
पानीको समस्या रहेको मलास क्षेत्रमा पानी पुग्ने भएपछी दुई घण्टाको पैदल यात्रा गरि पानी पिउने स्थानिय बासी हर्षित भएकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *