Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>भुमिहिन सुकुम्बासीहरुलाई जग्गा धनी प्रमाण पुर्जा दिलाउनका लागि सरकार द्रुत गतिमा अगाडि बढिरहेको चक्र प्रसाद स्नेहीको भनाइ ।
डडेल्धुराताजासमाचारसुदूरपश्चिम

भुमिहिन सुकुम्बासीहरुलाई जग्गा धनी प्रमाण पुर्जा दिलाउनका लागि सरकार द्रुत गतिमा अगाडि बढिरहेको चक्र प्रसाद स्नेहीको भनाइ ।

 

नेपाल कम्यनिष्ट पार्टि एमाले परशुराम नगरकमिटिको आयोजनामा नया वर्ष २०७८ को शुभकामना आदान प्रदान कार्याक्रम सम्पन्न भएको छ । आज परशुराम नगरपालिका १२ पुन्तुरामा उक्त कार्याक्रम सम्पन्न गरिएको हो । नेपाल कम्यनिष्ट पार्टि एमाले केन्द्रिय सदस्य तथा राष्टिय सभा सदस्य चक्र प्रसाद स्नेहीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली कांगेस, माओबादि केन्द्र, लगायत बिभिन्न संघसंस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य चक्र प्रसाद स्नेहीले आगामी वर्ष २०७८ सालमा राजनीतिक एकता भएर देशले निकास पाओस् भन्दै शुभकामना व्यक्त गर्नु भएको थियो । यस्तै अर्को प्रसंगमा बोल्दै भूमि समबन्धी समाधान आयोगले निरन्तर काम गरि रहेको स्पस्ट पार्दै छिट्टै भुमिहिन सुकुम्बासीहरुलाई जग्गा धनी प्रमाण पुर्जा दिलाउनका लागि सरकार द्रुत गतिमा अगाडि बढिरहेको बताउनु भयो ।कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका पुर्व उप सभापति धर्मानन्द भट्टले भन्सार र नापी कार्यलयको स्थापनाका लागि सबै राजनितिक दल एक ठाउँमा उभिनु पर्ने धारणा राख्नु भयो ।

शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै त्रीवेणी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नवराज नाथले नेपाली राजनीतिमा दलहरुले संघर्ष ,परिवर्तन त्याग गर्दा एकजुट भएर गर्ने र सत्ता प्राप्तीमा झैझगडा ,फुट हुने गरेको इतिहास रहेको भन्दै यो अवस्थाको अन्त्य गरि सरकार टिकाउनका लागि पनि एजजुट भएर देशलाइ स्थायित्व दिनमा सबै दलहरुले हातेमालो गर्नु पर्ने बताउनु भयो । साथै राजनीतिले समग्र समाजको बिकासमा जोड दिने भएकाले राजनितिक शिक्षा आमनागरिकलाई सहज रुपमा प्रवाह गर्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रमको अध्यक्षता गर्नु भएका एमाले नगर कमिटि अध्यक्ष शेर ब ठगुन्नाले द्वन्द कालमा अराजक तत्वहरुले कानुनका ज्ञाता र जनताको पक्षमा वकालत गर्नेहरुलाइ छानीछानी दण्ड दिएको स्मरण गर्दै कसैले पनि कसै सङ्ग नडराइ सत्य र न्यायको पक्षमा उभिन आह्वान गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *