डडेल्धुराको परशुराम नगरपालिका स्थित जोगबुडा बजारबाट गएराती एउटा मोटरसाइकल चोरी भएको छ । परशुराम नगरपालिका १२ जोगबुडा बजारमा व्यवसाय गर्दै अएका व्यवसायी तोया सुनारको मोटरसाइकल चोरी भएको हो । पसलमै पार्किङ्ग गरिएको से ७ प ३३४२ नम्बरको मोटरसाइकल राती करिब १२ बजे चोरी भएको सुनारले बताउनु भयो । मोटरसाइकल खोजीकार्य भैरहेको ईलाका प्रहरी कार्यालयले जनाएको छ । गएको डेढ महिना यता ७ ओटा चोरिका घटना भएको प्रहरीले जनाएको छ । पछिल्लो समय भित्रीमदेसमा चोरीका घटना वृद्धि भैरहेका छन ।

