Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>भित्रीमदेशको कटाल क्षेत्र जोगियो भयानक आगलागीबाट ।
डडेल्धुराताजासमाचारसमाजसुदूरपश्चिम

भित्रीमदेशको कटाल क्षेत्र जोगियो भयानक आगलागीबाट ।

रमेश धामी/
परशुराम नगरपालिका वडा नं. ४ कटालमा ठूलो आगलागीबाट जनधनको क्षति हुनबाट जोगिएको छ । मध्यान्ह करिव १२ बजे सुरु भएको आगलागी ३ घण्टा पछि नियन्त्रणमा आएको हो । कटाल स्थित भागेश्वर मा. बि. को दक्षिण क्षेत्रको जंगलमा आगलागी हुँदा नजिकै रहेका घरहरु भने क्षति हुनबाट जोगिएका छन । स्थानियबासी,प्रहरी र नगरपालिकाका कर्मचारीहरुको सक्रियतामा आगो नियान्त्रणमा आएको हो । स्थानियले प्रशासनलाई आगलागि भएको जानकारी समयमै गराए पनि प्रशासनको ढिलासुस्तीका कारण डडेलोले ठूलो रुप लिएको भन्दै स्थानियबासीले गुनासो पोखेका छन । आगो कस्ले लगायो भन्ने बारेमा खुल्न सकेको छैन् । केहि दिन अघि परशुराम नगरपालिका वडा नं. १ चनेपोखरीमा जंगलमा लागेको डडेलो गाउमा पस्दा १ घर जलेर नष्ट भएको थियो । आगलागिका घटनाहरु दिनहँु बढि रहेकाले सचेत रहन स्थानियबासीलाई प्रशासनले अनुरोध गरेको छ । आगलागी नियन्त्रणमा आए पनि स्थानिय सरकारले समयमा ध्यान नदिँदा स्थानियबासी भने असन्तुष्ट रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *