Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>भित्रिमदेशमा रहेको प्राकृतिक धरोहर शैलेश श्रृङ्खलाको प्रचारमा जुट्दै युवाहरु ।
डडेल्धुराताजामनोरञ्जनसमाचारसुदूरपश्चिम

भित्रिमदेशमा रहेको प्राकृतिक धरोहर शैलेश श्रृङ्खलाको प्रचारमा जुट्दै युवाहरु ।

रमेश धामी/
सेन्टर फर डेमोक्रेसीको आयोजनामा परशुराम नगरपालिकामा नया वर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ । भित्रिमदेसकै प्राकृतिक धरोहरको रुपमा परिचित पुन्तुरामा रहेको शैलेश श्रृङखला परिसरमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपाली कांगेस समर्थक तथा अन्य शुभ ईच्छुकहरुको सहभागीता रहेको थियो । नव वर्षको शुभकामना आदान प्रदान कार्यक्रम मार्फत शैलेश श्रृङखलाको प्रचारप्रसार गर्नका लागि कार्यक्रम आयोजना गरिएको सेन्टर फर डेमोक्रेसीका संयोजक बलदेब धामीले बताउनु भयो । शैलेश श्रृङखलाको प्रचार प्रसार मार्फत पर्यटन बिकास गर्नका लागि स्थानिय सरकारले बिषेश पहल गर्नु पर्ने र आफुहरुले गर्नु पर्ने कुनै पनि कार्यमा सहयोग गर्न पछि नपर्ने आयोजक सेन्टर फर डेमोक्रेसीका सदस्य भरत जोशी बडायरले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *