Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>बिप्लव नेत्तृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपालबन्दको परशुराम र आलितालमा समेत प्रभाब ।
डडेल्धुराताजासमाचारसुदूरपश्चिम

बिप्लव नेत्तृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपालबन्दको परशुराम र आलितालमा समेत प्रभाब ।

देव बाेहरा / 

डडेल्धुरा –  मंगलबार  नेत्रबिक्रम चन्द्र बिप्लव नेत्तृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपालबन्दको प्रभाब परशुराम र आलिताल गाउपालिकामा समेत परेको छ । सरकारले गरेको पेट्रोलियम पदार्थ लगाएत खाद्य पदार्थमा गरीएको मुल्यबिद्ध बिरुद्ध मंगलबारका लागि एकदिने नेपाल बन्दको घोषणा गरीएको थियो ।

सोही अनुरुप मंगलबार परशुराम नगरपालिका र आलिताल अन्र्तगतका सम्पुर्ण बजार तथा ब्यापार ब्यावसाय, शैक्षिक संस्था,सरकारी तथा गैरसरकारी संघसंस्था लगाएत लामो तथा छोटो दुरीका यातायातका साधनहरु समेत पुर्ण रुपमा बन्दको घोषणा गरीएको नेपाल कम्युनिष्ट पार्टीका परशुराम नगरकमिटि सचिव लाल बहादुर बोहराले बताउनुभयो ।

साथै आजको बन्द सभ्य रुपमा सफल भएको र बन्दलाई सफल पार्न सहयोग गर्ने सम्पुर्ण नगरबासीहरुलाई नगरकमिटि सचिव बोहराले धन्यवाद समेत ब्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *