Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>बिद्यालय कर्मचारी र बालविकास शिक्षकहरुले संयुक्त रुपमा परशुराम नगरपालिकाको कार्यालयमा तालावन्दी ।
डडेल्धुराताजासमाचारसुदूरपश्चिम

बिद्यालय कर्मचारी र बालविकास शिक्षकहरुले संयुक्त रुपमा परशुराम नगरपालिकाको कार्यालयमा तालावन्दी ।

सामुदायिक बिद्यालयका बिद्यालय कर्मचारी र बालविकास शिक्षकहरुले संयुक्त रुपमा परशुराम नगरपालिकाको कार्यालयमा तालावन्दी गरेका छन् । आईतवार नगर भित्रका सम्पुर्ण बिद्यालय कर्मचारी तथा बालविकास शिक्षकहरुको संयुक्त उपस्थीतीमा नगरपालिकाको शिक्षा शाखा सहित नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन । हिजो शनिबार बिद्यालय कर्मचारी तथा बालबिकास शिक्षक र नगरपालिका बिच सहमतिका लागी भन्दै बसेको बार्ता बिना निष्कर्ष टुङ्गिएसंगै शिक्षकहरु थप आन्दोलित भएका छन ।साथै संघिय सरकारले तोकेबमोजिमको पारिश्रमिक दिन स्थनीय सरकारले आनाकानी गरीरहेको भन्दै दबाव स्वरुप नगरपालिकामा तालाबन्दी गरीएको वालबिकास शिक्षक तथा बिद्यालय कर्मचारी संयुक्त संघर्ष समितिका संयोजक दमन महताले बताउनुभएको छ ।यस्तै बिगतका महिनाहरु देखीनै आफ्ना माग सम्वोधन गर्न भन्दै स्थानीय सरकारलाई पटकपटक लीखित तथा मौखिक रुपमा जानकारी गराउदा समेत बेवास्ता गरीरहेकाले बाध्यभएर नगरपालिकामा तालाबन्दी गर्नुपरेको संघर्ष समिति सचिव शेर बहादुर बोहराले बताएका छन । साथै आफ्ना मागहरु सम्वोधन नभए सम्म नगरपालिकाको कार्यालयमा गरीएको तालावन्दी नखुल्ने र थप संघर्षका कार्यक्रमहरु समेत सार्बजनिक गर्ने संघर्ष समितिले चेतावनि दिएको छ । संघिय सरकारले आफुहरुको पारिश्रमीक पन्ध्र हजार प्रस्ट रुपमा तोकेपनि नगरपालिकाले दिन आनाकानि गरीरहेको भन्दै बिद्यालय कर्मचारी तथा बालविकास शिक्षकहरु आन्दोलित भएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *