Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>बाढिले सिंचाई कुलो बगाउदा ५ सय हेक्टर जमिन असिंचित ।
डडेल्धुराताजाराष्ट्रियसमाचारसुदूरपश्चिम

बाढिले सिंचाई कुलो बगाउदा ५ सय हेक्टर जमिन असिंचित ।

रमेश धामी/
गत भाद्र ११ गते परेको अविवरल वर्षा पछि आएको बाढिले परशुराम नगरपालिका वडा नं. ८ र ९ मा भएको भौतिक संरचनाको पुनः निर्माणमा कुनै निकायले चाँसो नदेखाउदा सयौ हेक्टर खेतियोग्य जमिन अनुत्पादक भूमिमा परिणत भएको छ । वर्षा पछि आएको बाढिले वडा नं ९ को बझाङीजाला, गाईबाधे,बिरलथला, सेलेगडा र डेबरी नराम्ररी प्रभावित भएको छ । वडा नं. ९ मा मात्रै करिव २ सय हेक्टर जमिन सिंचाई सुविधाबाट बसन्चत भएको छ । यस्तै वडा नं. ८ को जमरानीमा सिंचाई कुलो पूर्ण रुपमा नोक्सानी भए पछि जमरानी बस्तीको २ सय हेक्टर जमिन पनि सिंचाई सुविधाबाट बन्चित भएको छ । सिंचाई कुलो भत्कीदा तरकारी तथा अन्य बाली लगाउन नपाएको कृषकहरुले गुनासो पोखेका छन् ।
बाढिले वडा नं. ९ र ८ जोड्ने झोलुङ्गे पुल बगाएको छ भने करिव २० वटा जति खानेपानीका मुहान बगाउदा स्थानियहरु दुषित पानी पिउन बाध्य भएका छन् । हाल देशमा ३ तहका सरकार भए पनि वडा सरकार देखि माथिल्लो तहले वेवास्दा गर्दा नागरिकहरु आक्रोसित भएका छन् । धानखेती काटेर अन्य खेति गर्न अब कृषकहरुले आकासको मुख ताक्नु परेको छ । नेताहरु आएर आश्वासन दिए पनि हाल सम्म कुनै किसिमको सहयोग नभएको कृषकहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *