रमेश धामी / पौष– ०६
प्रधानमन्त्री के पि शर्मा ओलीले गरेको संसद बिघटनको निर्णय प्रति नेपाल कम्युनिष्ट पार्टी ने.क.पा. परशुराम नगर कमिटिले भत्र्सना गरेको छ । ओलीले गरेको प्रतिनिधीसभा बिघटनको निर्णयमा छलफल गर्न बसेको आजको आमभेलाले ओलीको उक्त कदम प्रति खेद प्रकट गर्दै असंवैधानीक निर्णय सच्याउन पनि आग्रह गरिएको नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) परशुराम नगर कमिटि अध्यक्ष शेर सिंह माल (डाईमण्ड)ले बताउनु भयो । आजको आमभेलाले समसामयिक राजनितिक घटनाक्रमका बारेमा थप छलफल गर्नका लागि यहि पुष ९ गते आमभेला बस्ने पनि निर्णय गरेको छ । आमभेलामा सहभागी हुन नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) का नेता कार्यकर्ता,पार्टी प्रति आस्थावान तथा शुभईच्छुक शुभचिन्तक सबैलाई सहभागी हुन पनि आजको आमभेलाले आह्वान गरेको छ । यस्तै नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) केन्द्रिय कमिटिको निर्णय अनुसार गर्ने गराउने पनि निर्णय गरिएको छ । नेपाली जनताले दिएको दुई तिहाई बहुमतको अपमान हुने गरि प्रधानमन्त्री केपि शर्मा ओलीको सिफरिसमा रास्ट्रपति बिद्यादेबी भण्डारीले हिजो प्रतिनिधि सभा बिघटन गर्नु भएको थियो । राष्ट्रिपती कार्यालयले हिजो एक विज्ञप्ति निकाल्दै पहिलो चरणमा आउदो बैशाख १७ गते र दोस्रो चरणमा बैशाख २७ गते प्रतिनिधी सभाको निर्वाचन गरिने जनाएको छ ।