Home>>खेलकुद>>प्रथम जिल्ला स्तरिय खुल्ला क्रिकेट प्रतियोगिता परशुराम नगरपालिकामा सम्पन्न ।
खेलकुदडडेल्धुरासमाचार

प्रथम जिल्ला स्तरिय खुल्ला क्रिकेट प्रतियोगिता परशुराम नगरपालिकामा सम्पन्न ।

परशुराम आर्दश युवा क्लवले परशुराम नगरपालिका वडा नं. ५ स्थित परशुराम धाम खेल मैदानमा आयोजना गरेको प्रथम जिल्ला स्तरिय खुल्ला क्रिकेट प्रतियोगितामा क्लव भित्रकै टिम ब् ले टिम द्य लाई ६३ रनले पछ्याउदै खेलको बिजेता बन्न सफल भएको छ । निर्धारित १५ ओभरमा टिम ब् ले दिएको १४१ रनको लक्ष्यमा टिम द्य ले जम्मा १२ ओभरमा ७८ रनमात्रै बनाउन सक्यो । आज समापन भएको खेलमा नगरपालिका भित्रका जम्मा १६ टिम सहभागी रहेका थिए । उक्त खेलको प्रायोजन परशुराम नगरपालिकाको कार्यालय,नेपाली कांग्रेस डडेल्धुराका जिल्ला पार्टी सभापति कर्ण मल्ल,भागेश्वर गाउँपालिका र रुडुकले गरेको थियो । उक्त खेल पुस २३ गतेबाट सुरु भएर आज समापन भएको हो । सो खेलमा बिजेता समुहलाई ३५ हजार नगद,ट्रफी र मेडल सहित प्रमाण–पत्र प्रदान गरिएको परशुराम आर्दश युवा क्लवका सचिव सागर प्रसाद जोशीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *