Home>>राजनीति>>प्रतिबन्धित नेकपा विप्लव समूह र सरकार विच तीन बुँदे सहमति ।
राजनीतिराष्ट्रियसमाचार

प्रतिबन्धित नेकपा विप्लव समूह र सरकार विच तीन बुँदे सहमति ।


प्रतिबन्धित नेकपा विप्लव समूहले हिंसा छोडेको छ । बिहीबार सरकारसँग तीन बुँदे सहमति भएपछि यो समूहले हिंसा छोड्ने भएको हो । सरकारले यो समूहमाथिको प्रतिबन्ध समेत हटाउने भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिनुभयो । वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो । सहमतिसँगै पक्राउ परेका सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने सहमति भएको छ । नेकपा विप्लव समूह आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान संवादका माध्यमबाट गर्न तयार भएको वार्ता टोली सदस्य भट्टराईले बताए । वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *