Home>>खेलकुद>>प्रगतिशील युबा क्लबको आयोजनामा परशुराम नगर स्तरीय खुल्ला कृकेट प्रतियोगिता संचालन ।
खेलकुदताजासमाचार

प्रगतिशील युबा क्लबको आयोजनामा परशुराम नगर स्तरीय खुल्ला कृकेट प्रतियोगिता संचालन ।

परशुराम नगरपालिका वडा नं.०७ मा रहेको प्रगतिशील युबा क्लबको आयोजनामा नगर स्तरीय खुल्ला कृकेट प्रतियोगिता संचालन भएको छ । । आज प्रतियोगिताको वडा नं. ७ का वडा अध्यक्ष केशब बहादुर बोहराले रिबन काटेर तथा खेलमैदानमा ब्याटिङ गर्दै उदघाटन गरेका हुन । उक्त प्रतियोगीतामा नगर भित्रका ८ वटा टिमहरुको सहभागिता रहेको छ । परशुराम नगरपालिका वडा नं. ७ को आर्थिक सहयोग र प्रगतिशील युवा क्लबको संयुक्त आयोजना प्रतियोगीता सञ्चालन हुन लागेको हो । उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु ३० हजार सहित प्रमाण पत्र ,द्धितियलाइ रु १५ हजार नगद सहित प्रमाणपत्रको ब्यबस्था गरिएको प्रगतिशील युवा क्लबका अध्यक्ष रमेश अवस्थिले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *