Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>परशुराम वडा नं.७ मा सञ्चालित २ महिने महिला सिलाई कटाई तथा सिप बिकास तालिमको अनुगमन ।
डडेल्धुरारोचकसमाचारसुदूरपश्चिम

परशुराम वडा नं.७ मा सञ्चालित २ महिने महिला सिलाई कटाई तथा सिप बिकास तालिमको अनुगमन ।

परशुराम वडा नं.७ मा सञ्चालित २ महिने महिला पुर्नरताजकिय सिलाई कटाई तथा सिप बिकास तालिमको अनुगमन गरीएको छ । आज जिल्ला घरेलु तथा साना किसान उद्योग समिती कार्यालय डडेल्धुराका प्रमुख केशव सिंह भण्डारीले तालिमको अनुगमन गर्नुभएको हो । उक्त सञ्चालित तालिम वडा सरकारको बिशेष पहल र जिल्ला घरेलु तथा साना किसान उद्योग समिती डडेल्धुराको आर्थिक सहयोगमा वडा भरीका २१ जना महिलाहरुलाई माघ ११ गते देखी २ महिने सिलाई कटाई तालिम सञ्चालन गरीएको वडा नं.७ का कार्य बाहक वडा अध्यक्ष पदम बहादुर भण्डारीले जानकारी दिनुभयो । महिलाहरुलाई जिवीकोपार्जनका लागी आत्मनिर्भर बनाउन र थप महिलाहरुलाई सिलाई कटाई प्रति हौसला प्रदान गर्ने उदेश्यले तालिम सञ्चालन गरीएको समेत कार्य बाहक वडा अध्यक्ष पदम बहादुर भण्डारीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *