Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>परशुराम मेलामा स्नान गर्न आउन भक्तजनलाई परशुराम क्षेत्र बिकास समितिको अनुरोध ।
डडेल्धुरासमाचारसुदूरपश्चिम

परशुराम मेलामा स्नान गर्न आउन भक्तजनलाई परशुराम क्षेत्र बिकास समितिको अनुरोध ।

रमेश धामी / पौष २९

डडेल्धुराको परशुराम नगरपालिका ५ परिगाउँमा रहेको परशुराम धाममा यस वर्ष पनि आज साँझबाट मेला लाग्ने भएको छ । हरेक वर्ष पौष मसान्तका दिन साँझ देखि रातभरी भजन कृतन गरि भोलीपल्ट माघ १ गते महाकालीमा स्नान गरेमा गंगा स्नान गरे भन्दा १० गुणा बढि फल प्राप्त हुने स्कन्द पुराणमा वर्णित छ । भगवान परशुरामले तप गरेको पूण्यु भूमिमा लाग्ने मेलामा विगतका वर्षमा सुदुरपश्चिमका विभिन्न क्षेत्रबाट पचासौँ हजारको संख्यामा भक्तजनहरु आउने गरेको भए पनि यस वर्ष भने कोरोना माहामारीका कारण विगतमा जस्तो उपस्थिति नरहने अनुमान गरिएको छ ।

 

यस वर्ष कोरोना माहामारीको जोखिम रहेकाले मेला नमनाउन भन्दै स्थानिय सरकार परशुराम नगरपालिकाले यस अघि सूचना सार्वजनिक गरेको भए पनि सुदुरपश्चिमको धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको परशुराम मेलामा आउन भन्दै परशुराम क्षेत्र बिकास समितिले भक्तजनहरुलाई महास्नानमा सहभागी हुन आह्वान गरेको छ । महास्नान र परशुराम एवम् भागेश्वर देवताको बैद्धिक पुजा नरोकिने परशुराम क्षेत्र बिकास समितिका अध्यक्ष प्रेमचन्द ठकुरीले जानकारी दिनु भयो । मेलामा विगतका वर्षमा जस्तै महोत्सव र अन्य साँस्कृतिक कार्यक्रम नहुने भए पनि बाहिरबाट आउने भक्तजनहरुका लागि भने निःशुल्क दाउरा र भोजनको व्यवस्थापन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *