Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>परशुराम पुगेका सांसद स्नेहीले पिडित जनतालाई यस्तो किन भने ?
डडेल्धुराताजाराजनीतिसमाचारसुदूरपश्चिम

परशुराम पुगेका सांसद स्नेहीले पिडित जनतालाई यस्तो किन भने ?

रमेश धामी/
गत भाद्र ११ गते परेको अविरल वर्षा पछि आएको बाढिले गरेको क्षतिको निरिक्षण गर्न राष्टिय सभा सदस्य चक्र प्रसाद स्नेही जनताको घर दैलोमा पुग्नु भएको छ । गत भाद्र ११ गते परेको अविरल वर्षा पछि आएको बाढिले ठूलो संख्यामा भौतिक संरचनाको नोक्सानी गरेको छ । सांसद स्नेहीले डडेल्धुरा जिल्लाको भित्रिमदेसमा पर्ने परशुराम नगरपालिकाका पिडित परिवार तथा समुदायमा गई क्षतिको निरीक्षण गर्नु भएको हो । परशुराम नगरपालिकाको वडा नं. ८ र ९मा सबैभन्दा बढि क्षति गरेको छ । बाढिले वडा नं. ८ र ९ जोड्ने झुलुङ्खे पुल बगाएको छ भने सयौ हेक्टर जमिन सिंचाई गर्ने कुलाहरु पनि ध्वस्त पारेको छ ।
वडा नं. ९ मा पर्ने गाईबाधे,कुयापानी,जफती,खानिडाडा,सेलेगडा,डेबरी लगायत वडा नं. ८ को जमरानी गैरीगाऊ, सानखोला करेनी लगायतका बस्तीमा रहेका खानेपानीका मुहान तथा पाईपहरु खोलाले बगाउनुका साथै जमिन पनि कटान गरेको ने.क.पा. एमोलेका नेता देबुवा धामीले बताउनु भयो । खोलाले खानेपानीका मुहान तथा पाईप बगाउदा स्थानिहरु खोलाको दुसित पानी पिउन बाध्य भएका छन् । आफुहरुको पिडामा कुनै पनि निकायले चासो नदेखाएको बेला सांसद स्नेहीले भौतिक संरचनाको पुनः निर्माण,बिकास र बिस्तारका लागि पहल गर्ने वचन दिदा आशा पलाएको वडा नं. ९ डेबरीका स्थानिय नरसिंह धामीले बताउनु भयो । आफु जनताको प्रतिनिधी भएकाले जनताको पिडामा साथ दिन आफुले जति सक्दो पहल गर्ने सांसद स्नेहीले बताएका छन् । बाढि पहिरोले सडकहरु बगाएको छ भने ठाँउ ठाँउमा पहिरो आउदा गाईबादे—साँदनी सडक पूर्णरुपमा अवरुद्ध भएको छ । यस्तै वडा नं. ८ को करेनी खोलामा रहेको फलामेपुल पनि उच्च जोखिममा रहेको छ ।

क्षतिको निरीक्षण गर्न वडा नं. ९ को सेलेगडा हुदै वडा नं. ८ को गुप्तीगडाबाट करेनी पुगेको निरीक्षण टोलीमा रहनु भएका ने.क.पा. एमालेका परशुरा नगर कमिटि अध्यक्ष शेर बहादुर ठगुन्नाले बताउनु भयो । राष्टिय सभा सदस्य चक्र प्रसाद स्नेही, नेकपा एमालेका नेता देबुवा धामी, गोरे धामी, नेकपा एमाले परशुराम नगर कमिटि अध्यक्ष शेर बहादुर ठगुन्ना लगायतको टोली निरक्षणमा हिडेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *