अर्जुन धामी, २५ मंसिर २०७७
परशुराम नगरपालिका वडा नं. १० अर्न्तरगत चालु आर्थिक वर्षमा सञ्चालन हुने योजनाहरुको उपभोक्ता समितिका पदाधिकारीहरुलाई एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आज वडा न..१० को कार्यालयमा भएको ऊत कार्यक्रममा वडा भरिका जम्मा १२ वटा योजनाहरुका अध्यक्ष, कोषाध्यक्ष र सचिव गरी जम्मा ३६ जनालाई अनुशिक्षण दिइएको वडा नं. १० का वडाअध्यक्ष हर्क बहादुर कार्कीले रेडियो रंगुनलाई जानकारी दिनुभयो । योजना प्रारम्भ देखी अन्त्यसम्म गुणस्तरीय योजना निर्माणका चरणहरु बिल भर्पाईहरु, फोटोहरु, जनलेखा परिक्षण, अनुगमन, प्राबिधिक स्टिमेट अनुसार काम गर्नेबारेमा अनुशिक्षण दिइएको र दिगो तथा स्थायित्व बिकाश गर्ने उद्देश्यले ऊत सो तालिम प्रदान गरिएको समेत वडा अध्यक्ष कार्कीले जानकारी दिनुभयो । वडा अध्यक्ष हर्क बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न गरियको ऊत अनुशिक्षण कार्यक्रमका मुख्य प्रशिक्षक वडा नं.१० का वडा सचिव राम बहादुर धामी रहेको समेत अध्यक्ष कार्कीले बताउनुभयो ।