Home>>खेलकुद>>परशुराम नगरपालिका वडा नं.१० को आयोजनामा दोस्रो वडा स्तरीय बडा अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न ।
खेलकुदडडेल्धुराताजासमाचारसुदूरपश्चिम

परशुराम नगरपालिका वडा नं.१० को आयोजनामा दोस्रो वडा स्तरीय बडा अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न ।

देव बोहरा / परशुराम नगरपालिका वडा नं.१० को आयोजनामा दोस्रो वडा स्तरीय बडा अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा वडाभित्रका ८ ओटा टिमहरुको सहभागिता रहेको थियो ।

जसमा प्रथम केदार वासुलिङ्ग निर्माण सेवा, दितृय धनसरा सामुदायिक वन ढकानी र तृतिय अषिश पोल्ट्री फर्म वेलडाङी भएको प्रमुख रेफ्री गोकर्ण मल्लले बताउनुभएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु ३० हजार सहित सिल्ड मेडल र प्रमाणपत्र, द्धितिय हुने टिमलाई नगद रू २० हजार सहित मेडल र प्रमाणपत्र तथा तृतिय हुने टिमलाई नगद रू १५ हजार सहित प्रमाणपत्र पुरस्कार स्वरूप बितरण गरिएकोे वडा नं. १० का वडा अध्यक्ष हर्क बहादुर कार्कीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *