Home>>खेलकुद>>परशुराम नगरपालिका द्धारा आयोजित दोस्रो मेयर कप भलिवल प्रतियोगितामा बोहरा हाडैवेर र त्रिवेणी क्याम्पस प्रथम स्थानमा ।
खेलकुदडडेल्धुराताजासमाचारसुदूरपश्चिम

परशुराम नगरपालिका द्धारा आयोजित दोस्रो मेयर कप भलिवल प्रतियोगितामा बोहरा हाडैवेर र त्रिवेणी क्याम्पस प्रथम स्थानमा ।

परशुराम नगरपालिका द्धारा आयोजित दोस्रो मेयर कप भलिवल प्रतियोगिता सम्पन्न भएको छ । नगर स्तरिय खुल्ला महिला भलिबल र पुरुष खुल्ला भलिबल प्रतियोगिता गरि खेलाईको खेलमा १४ टिम पुरुष र ७ ओटा महिला टिमले सहभागिता जनाएको थियो । पुरुष खुल्ला भलिबल प्रतियोगिता अन्तरगत बोहरा हार्डवेर कटालले प्रथम स्थान हात पारेको छ । यस्तै वडा नं. १ सलौनले द्धितीय र गोजा सिंचाई समिति कटालले तृतीय स्थान हात पारेको छ ।

महिला भलिबलमा भने त्रिवेणी बहुमुखी क्याम्पसले प्रथम स्थान हात पार्दा, वडा नं. १ को कार्यालय सलौनले दोस्रो र शैलेस्वरी मा .बि तुलाभाडिले तेस्रो स्थान हासिल गरेको छ । यहि चैत्र १० गतेबाट सञ्चालन भएको उक्त खेलमा पुरुष तर्फ प्रथम पुरस्कार रु १ लाख, द्धितीय पुरस्कार ५० हजार र तृतीय पुरस्कार २५ हजार राखिएको थियो भने महिला तर्फ, प्रथम पुरस्कार रु २५ हजार , द्धितीय पुरस्कार २० हजार र तृतीय पुरस्कार १५ हजार राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *