Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>परशुराम नगरपालिकामा वडा सचिवहरुका लागि विद्युतिय सिफारिस प्रणाली सम्बन्धि एक दिने तालिम सम्पन्न ।
डडेल्धुरासमाचार

परशुराम नगरपालिकामा वडा सचिवहरुका लागि विद्युतिय सिफारिस प्रणाली सम्बन्धि एक दिने तालिम सम्पन्न ।

परशुराम नगरपालिकामा विहिबार परशुराम नगरपालिका अन्तरगतका वडा सचिवहरुका लागि विद्युतिय सिफारिस प्रणाली सम्बन्धि एक दिने तालिम आज सम्पन्न भएको छ । क्यानडा सरकारको आर्थिक तथा प्राविधिक सहयोग ग्रामिण वातावरण विकास केन्द्र अन्तरगत शुसासन परियोजना तथा परशुराम नगरपमलिकाको साझेदारीमा उक्त तालिम सञ्चालन गरेको हो । विद्युतिय माध्यमबाट एकरुपता ल्याउने र छिटो छरितो सेवा प्रवाह गर्नका लागि विद्युतिय सिफारिस महŒवपूर्ण रहेको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुले बताउनु भयो । विद्युतिय सिफारिस प्रणाली पञ्जिकरण तथा सामाजिक सुरक्षा भत्ताको क्षेत्रमा कोहि नदोहोरिने र कोहि नछूट्ने पनि उहाँले बताउनु भयो । परशुराम नगरपालिकामा जम्मा १२ वटा वडा रहेका भए पनि एक जना मात्रै वडा सचिव रहेको र अन्य वडामा अरु क्षेत्रका कर्मचारी र कार्यालय सहयोगीले कार्य सम्पादन गरिरहेको पनि अधिकृत पनेरुले बताउनु भयो । एउटै कर्मचारीले फरक फरक दस्तखत गर्ने गरेको भन्दै वडाका कर्मचारीहरुको दस्तखतमा पनि एकरुपता हुनु पर्ने र समयमै मृत्यु दर्ता गरि नगरपालिकालाई जानकारी गराउन समेत अधिकृत पनेरुले निर्देशन दिनुभयो । उहाँले सबै वडा कार्यलयहरुमा कम्प्युटर वितरण गरि सकेको र नभएका वडाहरुमा पनि तुरुन्त नगरपालिकाले उपलब्ध गराउने तर सही सदुपयोग गर्न समेत सुझाव दिनु भएको छ । कागजात विनाको प्रविधिमैत्री प्रशासन बनाउने नेपाल सरकारको अवधारण रहेकाले विद्युतिय सिफारिस प्रणाली आवश्यक रहेको परशुराम नगपिालिकाका शाखा अधिकृत कृष्ण देव जोशीले बताउनु भयो । कुनै पनि लेखा प्रणाली नदोहोरीने, आधुनिक यूगमा प्रविधिको सही सदुपयोग हुने तथा राजश्व संकलनमा चुहावट नहुने ग्रामिण वातावरण विकास केन्द्र अन्तरगत सुशासन परियोजना कार्यक्रमका संयोजक दिपक बोहराले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *