Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>परशुराम नगरपालिकामा रहेको त्रिबेणी बहुमुखि क्याम्पस र सिद्धनाथ मा. वि. जयपुर जोगबुडामा छड्के अनुगमन ।
डडेल्धुराराष्ट्रियसमाचारसुदूरपश्चिम

परशुराम नगरपालिकामा रहेको त्रिबेणी बहुमुखि क्याम्पस र सिद्धनाथ मा. वि. जयपुर जोगबुडामा छड्के अनुगमन ।

डडेल्धुराको परशुराम नगरपालिकामा रहेको त्रिबेणी बहुमुखि क्याम्पस र सिद्धनाथ मावि जयपुर जोगबुडामा छड्के अनुगमन गरिएको छ । नागरिक सुशासन समाज सुुदुर पश्चिम प्रदेशका सामाजिक अभियान्ता डम्बरराज भट्ट र डडेल्धुुरा जिल्लाका सामाजिक अभियान्ता कृष्ण बोहराको नेत्रित्वमा उक्त अनुगमन कार्यक्रम सम्पन्न भएको हो । उक्त अनुगमनबाट सुदुर पश्चिमाञ्चल विश्व विद्यालय अन्तरगतको त्रिबेणी बहुमुखी क्याम्पसमा त्रिभुवन विश्व विद्यालयको पुस्तकहरु पढाइ भइरहेको, छात्रवृत्तिका लागि पहिला नै परीक्षा लिइ सकेको भएपनि १८ महिना वित्दा सम्म पनि कुनै जानकारी सम्म नदिइएको, पुस्तकालयको राम्रो ब्यवस्थापन नभएको र छात्र छात्रवासको ब्यवस्था पनि नरहेको अनुगमन कर्ता द्वय सामाजिक अभियान्ताले बताउनु भयो । तर त्रिबेणी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नबराज नाथले सुदुर पश्चिम विश्वविद्यालयका पाठ्यपुस्तक मात्र अध्यापन गराइ रहेको र सन्दर्भ सामग्रीको रुपमा मात्र अन्य विश्व विद्यालयका पाठ्यपुस्तकहरु प्रयोग गरिएको बताउनु भएको छ । यस्तै यहाँले छात्र छात्रवासको ब्यवस्था पनि भइरहेको र छात्रवृत्ति सम्बन्धमा सु.प.विस्व विद्यालयबाट नै कुनै जानकारी नआएकोले आफुहरुले यस बारेमा केही सूचना ननिकालेको बताउनु भएको छा । यस्तै जोगबुडाको सिद्धनाथ माबि मा पनि परिचय पत्र र पबेश परीक्षाका लागि शुल्क लिएर पनि परिचय पत्र नदिएको र प्रबेश परीक्षा पनि नगरेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *