Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>परशुराम नगरपालिकामा यस सिजनमा मात्रै दश मेट्रिकटन गहुँको बिऊ बितरण

परशुराम नगरपालिकामा यस सिजनमा मात्रै लगभग दश मेट्रिकटन गहुँको बिऊ कृषकहरुलाई बितरण गरिएको छ । पकेट बिस्तार कार्यक्रम अन्तरगतको वडा नं. १० मा विजया जातको गहु १८ क्विन्टल, वडा नं. ८ मा गौतम जातको गहु १५ क्विन्टल र वडा नं. ६ मा गौतम जातको गहु १८ क्विन्टल गरि जम्मा ५१ क्विन्टल गहुँको बिऊ बितरण गरिएको पशुराम नगरपालिका कृषि शाखा प्रमुख कालु सिंह बोहराले बताउनु भयो । उक्त बिऊ परशुराम नगरपालिकाको श–सर्त कार्यक्रम अन्तरगत बितरण गरिएको हो । साथै नगर प्रमुख कृषि कार्यक्रम अन्तरगत नगरपालीकाले पकेट बाहेकका क्षेत्रमा ४३ क्विन्टल गरि जम्मा दश मेट्रिकटन गहुँको बिऊ बितरण गरिएको बोहराले बताउनु भयो । उक्त बिऊ वडा कार्यालय मार्फत कृषक समुहमा आबद्ध कृषकहरुलाई वितरण गरिएको पनि बोहराले बताउनु भयो । अहिले कृषकहरु खेतिपातीको समय भएकाले गहु लगाउनमा व्यस्त रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *