Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>परशुराम नगरपालिकामा मेलमिलाप सम्बन्धि तिन दिने तालीम सुरु ।
डडेल्धुराताजासमाचारसमाजसुदूरपश्चिम

परशुराम नगरपालिकामा मेलमिलाप सम्बन्धि तिन दिने तालीम सुरु ।

परशुराम नगरपालिकामा मेलमिलाप सम्बन्धि तिन दिने पुनर्ताजगी तालिम सञ्चालन गरिएको छ । न्यायीक समितिको आयोजनामा परशुराम नगरपालिकाको सभा हलमा कार्यक्रम सञ्चालन भएको हो । हाल सम्म नगरपालिकामा ईजलास स्थापना गर्न नसकियको तर न्याय सम्पादन भने अहिले सम्म सन्तोसजनक रहेको प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरुले बताउनुभयो । नगरपालिका भित्र बाल विवाहका घटनाहरुमा बृद्धि भईरहेको र न्युनिकरणका लागी स्थानीय स्थरका नागरिकहरुलाई सचेत बनाउनु पर्नेमा नगर प्रमुख भिम बहादुर साउदले जोड दिनुभएको छ ।

यस्तै सम्पुर्ण आम नागरिकहरुलाई विकासको मुल धामरमा ल्याउनका निमीत्त समाजमा मेलमिलाप र शान्ति सुरक्षा तथा भावनात्मक एकताले अगाडी बड्न समेत आग्रह गरीयको छ । हाल सबै किसिमका लडाइ तथा संघर्षहरु समाप्त भैसकेकाले सबैले आर्थिक क्रान्तीमा डोरीन समेत नगर प्रमुख भिम बहादुर साउदले आह्वान गर्नुभएको छ । उक्त कार्यक्रममा नगरपालिका अन्तर्गतका १२ वटै वडाका न्यायीक समितिका पदाधिकारीहरुलाई तिन दिने तालिम प्रदान गर्नलागीएको हो । यस्तै वडा स्थरमै सहज तरिकाले न्याय सम्पादनका लागी आधारभुत कुराहरु सिकाइने छ । तालीम आज चैत्र २७ गते (शुक्रबार) देखी यही चैत्र ३० गते सम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *