Home>>खेलकुद>>परशुराम नगरपालिकामा दोश्रो मेयर कप खुल्ला भलिवल प्रतियोगिता आज उद्घाटन ।
खेलकुदडडेल्धुराताजासुदूरपश्चिम

परशुराम नगरपालिकामा दोश्रो मेयर कप खुल्ला भलिवल प्रतियोगिता आज उद्घाटन ।

परशुराम नगरपालिकाको दोश्रो मेयर कप खुल्ला भलिवल प्रतियोगिता र महिला नगर स्तरीय भलिवल प्रतियोगिता उद्घाटन भएको छ । आज नगरपालिकाको सरमुकाम जोगबुडा स्थित प्रशुराम रंगमैदानमा नगर प्रमुख भिम बहादुर साउद्वारा उद्घाटन गरिएको हो । मेयरकपमा विभिन्न जिल्ला तथा पालिका अन्र्तगतका १४ ओटा टिमहरुको सहभागीता रहेको छ । यस्तै नगर स्तरीय महिला भलिवल प्रतियागितामा नगर भित्रका ७ ओटा महिला टिमको सहभागिता रहेको छ । मेयरकप खुल्ला भलिवल प्रतियागितामा विजेतालाई रु १ लाख नगद, ट्रफी, मेडल र प्रमाण–पत्र, उपविजेतालाई रु ५० हजार नगद, ट्रफी, मेडल र प्रमाण–पत्र र तृतिय हुने टिम लाई रु २५ हजार नगद, ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ । यस्तै महिला नगर स्तिरीय भलिवलमा प्रथम हुने टिमले रु २५ हजार नगद ट्रफी, मेडल र प्रमाण–पत्र, द्धितिय हुने टिमले रु १५ हजार नगद ट्रफी, मेडल र प्रमाण–पत्र र तृतिय हुने टिमले रु १० हजार नगद ट्रफी, मेडल र प्रमाण–पत्र वितरण गरिनेछ । उक्त कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधी, शुरक्षाक्रमी, प्रत्रकार एवम खेल प्रमीहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *