Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>परशुराम नगरपालिकामा कोरोना परिक्षणका लागी १२३ स्वाब संकलन ।
डडेल्धुराताजासमाचारसुदूरपश्चिम

परशुराम नगरपालिकामा कोरोना परिक्षणका लागी १२३ स्वाब संकलन ।


परशुराम नगरपालिकामा कोरोना परिक्षणका लागी स्वाब संकलन गरीएको छ । आज जोगबुडा स्थित परशुराम नगरपालिकाको परिसरमा नगरपालिकामा कार्यरत सम्पुर्ण कर्मचारी, बैङ्क तथा बित्तीय संस्थामा कार्यरत कर्मचारी तथा सञ्चारक्षेत्रमा कार्यरत सञ्चारकर्मीहरुको कोरोना परीक्षणका लागी स्वाब संकलन गरीएको छ । यस्तै जोगबुडा बजारका स्थानीय ब्यापारीहरुको समेत स्वाब संगलन गरीएको छ । यससंगै आज परशुराम नगरपालिकामा १२३ जनाको कोरोना परीक्षणका लागी स्वाब संकलन गरीएको जोगबुडा अस्पतालका सुचना अधिकारी प्रकाश घिमिरेले बताउनु भयो ।

जिल्लाको सदरमुकाम डडेल्धुरा लगायत अन्य छिमेकी जिल्लामा कोरोनाले भयाबहरुप लिएसंगै परशुराम नगरपालिकाले पनि स्वाब संकलनमा जोड दिएको छ । हाल परशुराम नगरपालिका भित्र ४ जना कोरोनाका सक्रिय संक्रमित रहेको समेतसुचना अधिकारी घिमिरेले जानकारी दिनुभयो । कोरोना माहामारीका कुनै किसिमका लक्षण देखिएमा जोगबुढा अस्पतालमा निःशुल्क कोरोना परिक्षण गराउन अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *