Home>>ट्रेण्डिङ>>परशुराम नगरपालिकामा असोज ११ बाट पठनपाठन सुरु हुने ।
ट्रेण्डिङडडेल्धुराताजाराष्ट्रियसमाचारसुदूरपश्चिम

परशुराम नगरपालिकामा असोज ११ बाट पठनपाठन सुरु हुने ।

डडेल्धुरा: डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकामा रहेका सम्पूर्ण सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुसँग मिति २०७७।०६।०६ गते नगर प्रमुख श्री भीमबहादुर साउँदको प्रमुख आतिथ्यतामा प्र.अ. वैठक वसी नगरपालिकाको तर्फबाट नगर प्रमुख श्री भीमबहादुर साउँद र सम्बन्धित विद्यालयका प्र.अ. वीच ४५ बुँदे कार्यसम्पादन करार सम्झौता सम्पन्न गर्नुका साथै गत शैक्षिक शत्रको ४० बुँदे कार्यसम्पादन करारको प्रगति र नगरपालिकाका शैक्षिक गतिविधिहरुको समिक्षा समेत गरिएको छ।

 

बैठकमा व्यापक छलफल पछि गरिएका विभिन्न निर्णयहरु प्रस्तुत गर्दै शिक्षा शाखा प्रतिनिधि श्री केहर सिँह बडैलाले आगामी असोज ११ गतेबाट सम्पुर्ण विद्यालयहरुले आआफ्नो अनुकुलको विकल्प रोजि पठन पाठन कार्य सुचारु गर्नु पर्ने बताउनु भएको छ।

कार्यक्रममा आफ्ना भनाईहरु राख्नुहुँदै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्यूले प्र.अ बैठकमा भएका निर्णयहरुलाई आगामी असोज ९ गते बस्ने कार्यपालिका बैठकमा निर्णयार्थ पेश गर्ने व्यहोरा समेत उल्लेख गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *