Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>परशुराम नगरपालिकाभरीमा कोरोना विरुद्धको दाश्रो चरणको खोप १ हजार ३ सय ३७ जनाले लगाए ।
डडेल्धुराताजासमाचारसुदूरपश्चिमस्वास्थ्य

परशुराम नगरपालिकाभरीमा कोरोना विरुद्धको दाश्रो चरणको खोप १ हजार ३ सय ३७ जनाले लगाए ।

रशुराम नगरपालिकामा कोरोना विरुद्धको दाश्रो चरणको खोप अभियानमा १ हजार ३ सय ३७ जनाले खोप लगाएका छन् । नेपाल सरकारले दोश्रो चरणमा देशभरका ६५ बर्ष पुगेका नेपाली नागरिक, छुटेका अन्य कर्मचारी तथा सञ्चारकमीहरुलार्ई कोरोना भाइरस विरुद्धको पहिलो खोप लागाउने निर्णय गरेको थियो । सोहि अनुसार परशुराम नगरपालिकामा पनि यहि फागुन २३ गते नगर प्रमुख भिम बहादुर साउदलाई पहिलो खोप लागाउदै उद्घाटन गरिएको थियो । नगरपालिकाका १२ ओटै वडाका खोप केन्द्रहरुबाट पहिलो दिनमात्रै ६५ बर्ष पुगेका २७६ महिला र २८९ पुरुष तथा अन्य६१ जना गरी जम्मा ६ सय२६ जनाले कोराना विरुद्धको खोप लगाएका थिय । यसैगरी दोस्रो दिन ३सय२१ म्हिला र ३सय४२ पुरुष तथा अन्य ४८ जना गरी जम्मा ७ सय ११ जनाले खोप लगाएको परशुराम नगरपालिकाका स्वास्थ्य शाखा संयोजक तेज बहादुर सिंहले जानकारी दिनुभयो । परशुराम नगरपालिकामा मात्रै करिव २ हजार ४ सय जना बराबर लाई पुग्ने खोप आएको थियो ।जसमध्य अब करिव ६सय जना बराबरलाई पुग्ने खोप नगरपालिका संग रहेको छ । खोप अभियान यहि फागुन २४ र २५ गते १२ ओटै वडाका खोपकेन्द्रहरुमा सञ्चालन गरीएको थियो ।यस्तै हाल सम्म परशुराम नगरपालिकामा १ हजार ५ सय १९ जनाको स्वाव संकलन गरिएकोमा १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमा ९ जना भने परशुराम भन्दा बाहिरी क्षेत्रका रहेका थिए । नगरभरिमा कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्या १ जना मात्रै रहेको छ । तर हाल भने परशुराम नगरपालिका कोरोना संक्रमणमुक्त क्षेत्र रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *