Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>परशुराम नगरपालिकाको वडा नं.७ मा महिला हिंसा बिरुद्धको वडा स्तरीय समिति गठन ।
डडेल्धुराताजासमाचारसुदूरपश्चिम

परशुराम नगरपालिकाको वडा नं.७ मा महिला हिंसा बिरुद्धको वडा स्तरीय समिति गठन ।

परशुराम नगरपालिकाको वडा नं.७ मा महिला हिंसा बिरुद्धको वडा स्तरीय समिति गठन गरीएको छ । विहिबार सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत वडा नं.७ भित्र महिला हिंसा बिरुद्धका काम कार्वाहि गर्ने गरी वडा स्तरीय समिति गठन गरीएको वडा नं. ७ का वडा अध्यक्ष केशव बोहराले बताउनुभएको छ ।

तातापनी सिमा प्रहरी चौकीका प्रमुख एवम् प्रहरी नायव निरिक्षक प्रेम बहादुर बोहराको संयोजकत्वमा १२ सदस्यीय समिति गठन गरीएको हो । उक्त समितिले वडा भित्रका सम्पुर्ण टोलहरुमा महिला हिंसा, घरेलु हिंसा बिरुद्धका जनचेतना मुलक कार्यक्रम लगाएत हिंसा न्युनिकरणमा बिशेष जोड दिने बताईएको छ ।उक्त कार्यक्रममा वडा भित्रका आमा समुह,महिला स्वयमस्वबिका,टोल बिकाश समितिका अध्यक्ष लगाएतको उपस्थीती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *