Home>>खेलकुद>>परशुराम नगरपालिकाको भागेश्वर माध्यमिक बिद्यालय कटालमा अध्ययनरत छात्राहरुलाई दुईघण्टे आत्मारक्षा तालीम प्रदान ।
खेलकुदडडेल्धुराताजासमाचारसुदूरपश्चिम

परशुराम नगरपालिकाको भागेश्वर माध्यमिक बिद्यालय कटालमा अध्ययनरत छात्राहरुलाई दुईघण्टे आत्मारक्षा तालीम प्रदान ।

डडेल्धुरा जिल्ला मार्सलआर्ट तेक्वान्दो एकेडेमीको आयोजनामा भित्रिमधेशका बिभिन्न बिद्यालयहरुमा अध्ययनरत किशोरीहरुलाई आत्मरक्षा तालिम प्रदान गरीएको छ । सोही अनुसार आज परशुराम नगरपालिकाको शिक्षा तथा खेलकुद शाखा र जिल्ला मार्सलआर्ट तेक्वान्दो एकेडेमीकोे संयुक्त आयोजनामा परशुराम नगरपालिकाको वडा नं.४ स्थीत भागेश्वर माध्यमिक बिद्यालय कटालमा अध्ययनरत छात्राहरुलाई शोमबार दुईघण्टे आत्मारक्षा तालीम प्रदान गरीएको हो ।

महिलाहरु बिभिन्न खालका हिंसामा परीरहेको भन्दै त्यसका लागि प्रतिबाद गर्न सक्ने क्षमता निर्माण सहितको २ घण्टे आत्मरक्षा तालिम प्रदान गरीएको डडेल्धुरा जिल्ला मार्सलआर्ट तेक्वान्दो एकेडेमीका अध्यक्ष राजेन्द्र बहादुर मडैले बताउनुभएको छ । महिला तथा किशोरीहरुलाई जुनसुकै बेला पनि हिंसा हुन सक्ने भएकाले त्यसका बिरुद्ध महिलाहरु शशक्त सहितको आत्मरक्षा तालिममा जोडिन समेत एकेडेमीका अध्यक्ष एवम् आलिताल गाँउपालिकाका खेलकुद मुख्य प्रशिक्षक मडैले आग्रह गर्नुभएको छ ।

आगामी दिनहरुमा महिलाहिंसा बिरुद्धको अभियान सहित नगरपालिकाका दुर्गम बस्तीका बिद्यालय मलास,बसौटी,कौछाडी लगाएतका अन्य सबै बिद्यालयहरुमा पनि आत्मरक्षा तालिम प्रदान गरीने जिल्ला एकेडेमीका महासचिव एवम् परशुराम नगरपालिकाका मार्सलआर्ट मुख्य प्रशिक्षक राम बहादुर बोहराले जानकारी दिनुभएको छ । हालसम्म आलिताल गाउपालिका र परशुराम नगरपालिकामा गरी करिव १६ भन्दा बढी बिद्यालयका किसोरीहरुलाई आत्मरक्षा तालिम प्रदान गरीसकिएको उहाले जानकारी दिनुभएको छ । साथै उक्त आत्मरक्षा तालिम कार्यक्रम निरन्तर आलिताल र परशुराममा सञ्चालन हुने उहाले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *