Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>परशुराम नगरपालिकाको कार्यालय भोलि (बुधबार) देखी १० दिन सम्मका लागी बन्द ।
डडेल्धुराताजासमाचार

परशुराम नगरपालिकाको कार्यालय भोलि (बुधबार) देखी १० दिन सम्मका लागी बन्द ।

परशुराम नगरपालिकाको कार्यालय भोलि देखी १० दिन सम्मका लागी बन्द गरिने भएको छ । नगरपालिकामा काम गर्ने कर्मचारीमा कोरोना भाईरसको संक्रमण पुष्टि भएसंगै नगरपालिकाको कार्यालय १० दिन सम्मका लागि बन्द गरिने निर्णय भएको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुले जानकारी दिनुभयो । नगरपालिका भित्र भाईरसको जोखीम बढ्ने सम्भावना भएकाले नगरपालिकाको कार्यालयबाट नियमित रुपमा सन्चालन भैरहेका सेवाहरु पौष २२ देखि माघ २ गते सम्मका लागी बन्द गरिइएको समेत अधिकृत पनेरुले जाकारी दिनुभयो । साथै थप कोरोनाको जोखिम बढ्ने सम्भाबना भएकाले भित्रीमधेश क्षेत्रको परशुराम धाममा लाग्ने मकर संक्रान्ति मेला समेत नबनाउन नगरपालिकाले निर्देशन दिएको छ । यहि पौष १८ गते नगरपालिकामा कार्यरत ७ जना कार्मचारीको स्वाव संकलन गरि परिक्षणका लागि पौष १९ गते जिल्ला अस्पताल डडेल्धुरा पठाएको र आज (मंगलबार) बिहान एक जना कर्मचारीमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । अहिले संक्रमीत होम आईसोलेसनमा बसेका छन् । उहाँको स्वास्थ्य अवस्था भने सामान्य रहेको जोगबुडा अस्पतालका सुचना अधिकारी तथा जनस्वास्थ्य निरिक्षक प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *