Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>परशुराम नगगरपालिको सदरमुकाम जोगबुडा स्थित परशुराम पोलिक्लनिक प्रा.लि.को आज (मंगलबार) उद्घाटन ।
डडेल्धुराताजासुदूरपश्चिमस्वास्थ्य

परशुराम नगगरपालिको सदरमुकाम जोगबुडा स्थित परशुराम पोलिक्लनिक प्रा.लि.को आज (मंगलबार) उद्घाटन ।

परशुराम नगरपालिकाका नगरप्रमुख भिम बहादुर साउदद्धारा परशुराम पोलिक्लनिक प्रा.लि.को उद्घाटन गर्नुभयको छ । आज (मंगलबार) एक औपचारीक कार्यक्रमका बिच नगरप्रमुख साउदले उद्घाटन गर्नुभयको हो । भित्रिमधेशका स्थानिय नागरीकहरुलाई गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ पहिलो पटक नगरपालिकाको वडा नं.१२ जोगबुडामा पोलिक्लनिक प्रा.लि.सञ्चालनमा आएको हो । हाल प्रा.लि.ले बिशेषज्ञ डाक्टर तथा स्वास्थ्यकर्मीका साथ २४ सै घण्टा ईमेरजेन्सी सेवा, जनरल फिजिसियन, ओपिडी सेवा, फार्मेसी सेवा, एक्सरे तथा भिडियो एक्सरे सेवा, पलास्टर, प्रयोगशाला, अक्सिजन, नेबुलाईजर लगाएतका सेवाहरु प्रदान गरीरहेको छ । बिगतका दिनहरुमा यस क्षेत्रका नागरीकहरु सानोतिनो बिरामी हुदा उपचारका लागी धनगढी,महेन्द्रनगर तथा मित्रराष्ट भारत जानुपर्ने बाध्यता रहेको थियो तर पोलीक्लिनीक सञ्चालनमा आएदेखी सामान्य उपचारका लागी बाहिरी क्षेत्र जानुपर्ने बाध्यता हट्दै गईरहेको छ । साथै उद्घाटन कार्यक्रममा राजनैतिक दलका प्रतिनिधी ,जनप्रतिनिधी तथा स्थानीयहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित सम्पुर्णले स्वास्थ्य सेवा गर्ने उद्देश्यका साथ सञ्चालनमा आएको परशुराम पोलिक्लनिक प्रा.लि.लाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको थियो । उक्त प्रा.लि. परशुराम नगरपालिकाका स्थानीय दिनेश जोशीले एकल लगानीमा सञ्चालन गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *