Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>परशुराममा स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज सम्बन्धी ७ दिने तालिम उद्घाटन ।
डडेल्धुरास्वास्थ्य

परशुराममा स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज सम्बन्धी ७ दिने तालिम उद्घाटन ।

परशुराम नगरपालिकामा स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज तथा सात दिने क्षमता अभिबृद्धि कार्यक्रमको उद्घाटन भएको छ । आजबाट सात दिन सम्म चल्ने उक्त कार्यक्रम परशुराम नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको हो । नगर उपप्रमुख कलावती देबी बोहराको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा परशुराम नगरपालिकाका सम्पुर्ण स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ । पोषणमा सबैको पहुच पु¥याउन,पाँच बर्ष मुनिका बालबालिकाहरुको स्वास्थ्य सुधार गर्नका लागि तालिम सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख तेज बहादुर सिंहले बताउनु भयो । उहाँका अनुसार हाल नगरपालिकामा ३६ प्रतिशत उमेर अनुसार तौल नभएका,२४ प्रतिशत कम तौल भएका बालबालिका र १० प्रतिशत बाबालिकाहरुमा ख्याउटेपनाको अवस्था रहेको तथ्याङ्क रहेको छ । कार्यक्रममा बोल्दै तालिमवाट सिकेका कुराहरु कार्यक्षेत्रमा गएर कार्यान्वयन गर्न परशुराम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरुले

सहभागीहरुलाई सुझाव दिनु भयो । स्वास्थ्य सावधानीका आधारभुत मापदण्ड अपनाएर गरीएको उद्घाटन कार्यक्रममा बोल्दै पनेरुले माहामारीको रुपमा रहेको कोरोना भाइरसलाई स्वास्थ्यकर्मीहरुको योगदान र निरन्तर प्रयासवाट परशुराम नगरपालिकालाई हाल शुन्य संक्रमित नगरपालिका बनाउन सफल भएको प्रष्ट पार्नुभयो । परशुराम नगरपालिकाको पोषण क्षेत्रमा स्वास्थ्यकर्मीहरुको ठुलो भुमिका रहने र दिगो बिकासको लक्ष्य सफल पार्न पोषणको अवस्था सुधार गर्नु पर्नेमा पनि पनेरुले जोडदिनु भयो ।यसैगरी नगर उपप्रमुख कलावती देवी बोहराले गाँउबस्तिमा रहेका महिला तथा बालबालिकाहरुमा स्वास्थ्य सम्वन्धी ज्ञान नभएका कारण अधिकांश बालबालिकाहरु कुपोषणको सिकार भएको उल्लेख गर्दै उक्त तालिम आमजनमानसको चेतना अभिवृद्धि गर्न सान्र्दभिक रहने विश्वास व्यक्त गर्नुभयो । सात दिन सम्म सञ्चालन हुने उक्त कार्यक्रम कात्तिक २३ गते समापन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *