डडेल्धुरा: सुदुरपश्चिम प्रदेशको डडेल्धुरा जिल्ला परशुराम नगरपलाकामा अवस्थित भित्रि मधेस प्रगतिशील बहुउद्देश्यीय सहकारी संस्था लि. द्वारा संचालित सामुदायिक रेडियो रङ्गुन एफ .एम ८८.१ मेगाहर्ज को आयोजनामा बेरोजगार तथा शृजनशिल युवाहरुलाई लक्षित गरेर ७ दिने रेडियो उदघोषण तथा आधारभूत पत्रकारिता तालिमको आज मिति २०७७ असोज ८ गते सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्रि मा. पठान सिँह बोहरा ज्यु द्धारा एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ।
कार्यक्रम असोज ८ गते देखि ७ दिन सम्म सञ्चालन गरिने र तालिम अवधिमा सम्बन्धित क्षेत्रका विज्ञहरुद्वारा पत्रकारिता, रेडियो प्राविधिक, सामाचार संकलन विज्ञापन निर्माण तथा संकलन र उद्घोषण सम्बन्धि विषेश तालिम दिइने र उत्कृष्ट प्रशिक्षार्थीहरुलाई सामुदायिक रेडियो रंगूनमा रोजगारीको अवसर समेत प्रदान गरिने रेडियो रंगूनका स्टेशन म्यानेजर रमेश धामीले जानकारी दिनुभयो ।
कार्यक्रमको सफलताको शुभकामना दिनुहुँदै मा. मन्त्री ज्यूले देशको चौथो अंग पत्रकारिका क्षेत्रको मर्म लाई आत्मसाथ गर्दै रेडियो रंगूनलाई एक उचाईमा पुर्याउन कार्यरत पत्रकारहरुले विशेष मेहेनतका साथ सत्य तथ्य कुराहरुको उजागर गर्नुपर्ने र ओझेलमा परेका अथाह सम्भावनाहरुको खोजि गरि तिनिहरुको विश्ववापीकरणका लागि योगदान पुर्याउनु पर्नेमा जोड दिनुभयो।