Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>परशुराममा युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना अन्र्तगत कार्यक्रम कार्यान्वयनको अन्तिम चरणमा ।
डडेल्धुरासमाचार

परशुराममा युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना अन्र्तगत कार्यक्रम कार्यान्वयनको अन्तिम चरणमा ।

कार्तिक २० / रमेश धामी
डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकामा प्रधानमन्त्री स्वरोजगार योजना अन्र्तगतको ५१ लाख ७० हजार बजेट बिनियोजन भई आएकोछ । युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना अन्र्तगत विश्व बैङ्कको सहयोगमा उक्त बजेट बिनियोजन भएको परशुराम नगरपालिकाको रोजगार सेवा केन्द्रका संयोजक डम्मर महराले जानकारी दिनुभयो । यो रकम नयाँ निमार्ण योजनामा लगाउन नपाईने र पुराना योजना मर्मतमा मात्रै खर्च गर्नु पर्ने कार्यबिधिमा उल्लेख छ । यो योजनाले एक सय बेरोजगार ब्यक्तिहरुलाई एक सय दिन रोजगारि दिनेछ । योजना मर्मतमा मात्र रकम खर्च गरिने भएकाले अदक्ष कामदारहरुले पारिश्रमीक बाफत प्रतिदिन रु ५१७ रुपैयाँ ज्याला पाउने रोजगार संयोजक महराले बताउनु भयो । १२ ओटा वडा रहेको परशुराम नगरपालिकामा एउटा वडामा करिब ४ लाख ३० हजारका दरले योजना मर्मतमा रकम खर्च गरिने छ । उक्त कार्यक्रम कार्यान्वयनको अन्तिम चरणमा रहेको छ । प्रधानमन्त्री स्वरोजगार आयोजना अन्र्तगतको कामका लागि पारिश्रमिकमा आधारीत कार्यक्रमको नियमित बजेट भने नआएको महराले रेडियो रंगुन लाई जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *